नियम ८२
निर्माण व्यवसायीको योग्यताका आधार
(१) स्थानीय निकायले साठीलाख रुपैया“ भन्दा
माथिको निर्माण कार्य सम्बन्धी खरिद कारबाहीमा भाग लिने बोलपत्रदाताको वा
पूर्वयोग्यताको प्रस्तावदाताको योग्यताको आधार निर्धारण गर्दा देहायका कुरा मध्ये
आवश्यकतानुसार कुनै वा सबै कुरालाई विचार गरी निर्धारण गर्न सक्नेछ ः—
(क) मुु्ख्य सम्झौताकर्ता (प्राईम कन्ट्रयाक्टर) भई एकलौटी रुपमा काम
गरेको वा व्यवस्थापन सम्झौता गरी काम गरेको वा संयुक्त
उपक्रमको साझेदार वा सव–कन्ट्रयाक्टरको रुपमा काम गरेको
सामान्य अनुभव,
(ख) एकलौटी रुपमा काम सम्पन्न गरेको वा संयुक्त उपक्रमको
साझेदारको हैसियतले काम गरेको समेत गरी बोलपत्र सम्बन्धी
कागजात वा पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख भएको सीमा
वा सोभन्दा बढी रकमकोे निर्माण कार्यको न्यूनतम सरदर वार्षिक
कारोवार,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ठज्ञ
तर राष्ट्रियस्तरमा खुला बोलपत्र आ≈वान गरिएको अवस्थामा
दश वर्षको कारोवार मध्येको कुनै तीन वर्षको अधिकतम सरदर
वार्षिक कारोवारलाई आधार लिइनेछ,
(ग) एकलौटी रुपमा वा व्यवस्थापन सम्झौता गरी वा संयुक्त उपक्रमको
साझेदार वा सब–कन्ट्राक्टरको रुपमा बोलपत्र सम्बन्धी कागजात वा
पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख भएको न्यूनतम रकम
बराबरको निर्माण कार्य मासिक वा वार्षिक रुपमा गरेको र प्रस्तावित
खरिद सम्झौतास“ग मेल खाने प्रकृति, जटिलता र निर्माण प्रविधिका
खरिद सम्झौता त्यस्तो कागजातमा उल्लेख भएको संख्यामा
सफलतापूर्वक सम्पन्न गरेको विशेष अनुभव,
(घ) खरिद सम्झौता बमोजिमको निर्माण कार्य शुरु गर्नको लागि आवश्यक
रकम भुक्तानी नपाउने वा पाउन ढिलाई हुने अवस्थामा प्रस्तावित
निर्माण कार्य र सम्बन्धित बोलपत्रदाता वा पूर्वयोग्यताको
प्रस्तावदाताले सञ्चालन गरी रहेको वा सञ्चालन गर्न प्रतिवद्धता
जाहेर गरेको अन्य निर्माण कार्य सम्पन्न गर्न आवश्यक पर्ने नगद
प्रवाहको व्यवस्था गर्न सक्ने तरल सम्पत्ति, कर्जा सुविधा र अन्य
वित्तीय स्रोत (कुनै खरिद सम्झौता अन्तर्गतको पेश्की रकम बाहेक)
उपलब्ध भएको वा त्यस्तो सम्पत्तिको स्रोतमा पहु“च भएको आर्थिक र
वित्तीय क्षमता,
(ङ) बोलपत्र सम्बन्धी कागजात वा पूर्वयोग्यता सम्बन्धी कागजातमा
उल्लेख भए बमोजिमका दक्ष जनशक्ति,
(च) बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताको आप्mनै स्वामित्वमा
रहेको वा खरिद सम्झौतामा उल्लिखित अवधिभर निर्वाध रुपमा
उपयोग गर्न सक्ने गरी भाडा, लिज, सम्झौता वा अन्य व्यवसायिक
माध्यमबाट उपलब्ध हुने चालू हालतका बोलपत्र सम्बन्धी कागजात
वा पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख भए बमोजिमका मुख्य
उपकरण ।
(२) राष्ट्रिय निर्माण व्यवसायीको हकमा उपनियम (१) को खण्ड (ख) र (ग) को
रकम गणना गर्दा मूल्य अभिवृद्धि कर वापतको रकम कटाई हुन आउने रकम मात्र
गणना गरिनेछ र त्यस्तो रकमलाई नेपाल राष्ट्र बैड्ढको अद्यावधिक मूल्य सूचकाड्ढ
अनुसार समायोजन गरिनेछ ।
(३) यस नियम बमोजिम निर्माण व्यवसायीको प्राविधिक क्षमता प्रमाणित गर्ने
कागजात माग गर्दा स्थानीय निकायले बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताबाट
निर्माण कार्यको प्रकृति अनुसार देहायका कुनै वा सबै कागजात माग गर्न सक्नेछ ः—
(क) विगत दश वर्षकोे अवधिमा निजले सम्पन्न गरेको निर्माण कार्यको
मूल्य, मिति र कार्य स्थलको विवरण,
(ख) निजले सव–कन्ट्रयाक्टर मार्पmत गराउन चाहेको प्रस्तावित कामको
अनुपात,
(ग) प्रस्तावित काम सम्पन्न गर्नका लागि निजस“ग भएका प्राविधिक
उपकरण र प्लान्टको विवरण,